चलचित्र ‘उल्टो साइकल’को लागि कलाकारहरुको खोजी
विश्व उल्टो साइकल यात्री बिरेश दाहालको जीवनीमा आधारित चलचित्र ‘उल्टो साइकल’ को लागि मुख्य तथा अन्य विभिन्न भूमिकाहरुको लागि विभिन्न उमेर समुहका कलाकारहरुको खोजी शुरु भएको छ । बिग बुद्ध इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा जीता कटवालले निर्माण गर्ने चलचित्रलाइ श्रीराम दाहालले निर्देशन गर्दै छन् । चलचित्रको पटकथा पनि दाहालले नै लेखेका हुन् । यस अघि दाहालले ‘बुह्रान’ र ‘लुकामारी’ निर्देशन गरिसकेका छन । चलचित्रको छायांकन उदयपुर साथै मेची- महाकाली राजमार्गका विभिन्न स्थानहरुमा हुनेछ । फागुनको पहिलो हप्ताबाट छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।