\
कला-साहित्य

कविता – बिरामी विकास

उठ्नै नसक्ने गरी
विकास बिरामी भएपछि
त्यसका आफन्तहरूले
एउटा राम्रो अस्पताल खोजिरहेछन्
र,
चलाइरहेछन् ‘विकास बचाउँ’ अभियान
विकट ठाउँहरूमा
पहेलो रङको डोजर माथि चढेर
फालिरहेछन् ‘विकास’ लेखिएका अविकसित पर्चाहरू
घाइते पारिएका बाटाहरूमा
जहाँ कुनै दिन
हावा फुस्किएको एम्बुलेन्स गुड्नेछ

*किशोर गैरे यूवा साहित्यकार हुन्  ।

Leave a Reply